विराटनगर । प्रदेश राजधानी टुङ्ग्याउन लागि बुधवार बोलाइएको नेकपा संसदीय दलको बैठक स्थगित भएको छ । बुधवार ११ बजे बोलाइएको संसदीय दलको बैठक दिउँसो पौने ३ बजे सुचारु हुने भनेपनि आजको लागि संसदीय बैठक स्थगनको जानकारी आएको छ ।

नेकपाको पार्टी भित्रै कुरा मिल्न नसकेपछि संसदीय दलको बैठक स्थगित भएको बुझिएको छ । नेकपाका संसदहरुलाई बिहान ११ बजे बोलाइएकोमा मन्त्री तथा मुख्यमन्त्री बैठकमा व्यस्त भएपछि ३ बजेको लागि सारिएको थियो । त्यस पछि फेरी भोलि ११ बजेसम्मको लागि बोलाउँदै बैठक नै नबसी स्थगित भएको हो ।

बिहानै देखि प्रदेश कमिटी सहित मुख्यमन्त्री, मन्त्री तथा केन्द्रीय सदस्यहरू बिच बसेको बैठकले निर्णय निकाल्न नसक्दा संसदीय दलको बैठक पनि अन्योलमा परेको थियो ।

अन्योलका बिच ३ बजे बस्ने भनिएको नेकपा संसदीय दलको बैठक स्थगित भएको हो । आजको संसदीय दलको बैठकले प्रदेशको नाम र राजधानीको विषय टुङ्ग्याउन निर्णय गर्ने तयारी थियो ।