विराटनगरः मजदुर आन्दोलन शुरु भएको भूमि विराटनगरमा आज विभिन्न कार्यक्रम गरेर मजदुर दिवस मनाइँदै छ ।
प्रजातान्त्रिक आन्दोलनको उद्गम भूमि रहेको विराटनगरमा विराटनगर आसपासका विभिन्न उद्योगमा काम गर्ने मजुदरलाई ल्याएर नेताहरूले कार्यक्रम गरिरहेका छन् । बिहान संसारी माइस्थानमा नेपाली काङ्ग्रेस निकट मजदुर सङ्गठनले कार्यक्रम ग¥यो भने अहिले नेकपा निकट विभिन्न मजदुर सङ्गठनले सभागृहमा कार्यक्रम गरिरहेका छन् ।
उद्योग बिदा भएर नेताको भाषण सुन्न आएका मजदुर भने खिन्न छन् । कारण, आज उनीहरूको रोजी गुमेको छ । काम अनुसारको पारिश्रमिक पाउँदै आएको यस क्षेत्रका श्रमिकलाई बिदा दिनुु भन्दा उद्योग चालुु गरेको भए पारिश्रमिक गुुम्ने थिएन । नेताका फुुस्रा भाषण सुुनेर दिक्क भएका लैलुु चौधरीले समय त्यसै खेर भएको भन्दै काम नहुुँदा बेकार गाउँदेखि आएको बताए । उनले काम गर्दा दिनको ३ सय ५० देखि ५ सय रुपैयाँसम्म पाउने गरे पनि आज भने खाली हात बस्नुुपरेको गुनासो गरे ।
विगत ७ वर्षदेखि प्लाइ उद्योगमा कार्यरत मजदुर गंगाप्रसाद बस्नेतले नेताहरूलाई समस्या राख्दा उद्योगी समक्ष पुुर्याउने बताए पनि वर्षौंदेखि त्यसो नभएको बताए । उनले नेताले भाषण मात्र गर्ने भन्दै खास श्रमिकका पीडा उस्तै रहेको तर्क गरे ।
उनले अहिलेसम्म ज्याला मजदुरीमै सयौं मजदुर काम गर्न बाध्य रहेको भन्दै मालिकको मनपरी कायम रहेको बताए । सरकारले मजदुरका लागि कानुन ल्याउने बताए पनि काम गर्दा बाहेकको अतिरिक्त सेवा सुविधा कसैले नपाउने गरेको जानकारी दिए ।
अर्का मजदुर रामेश्वर चौधरीले पनि छुट्टी भएर घाटा भएको गुनासो गरे । उनले विभिन्न पर्व, मेलामा पनि बिदा नहुने हुुँदा यस्तो बेला आर्थिक नोक्सानी बेहोर्नुपरेको बताए । उनले नेताहरूले पठाएको गाडीमा बसेर कार्यक्रममा आए पनि खानासमेत आफ्नै पैसाले खाएको बताए । ‘नेताका भाषणले पेट भरिँदैन के गर्नुु,’ उनले भने, ‘बिदा भएर घाटा भयो नि !’