सङ्खुवासभाः सङ्खुवासभाको सभापोखरी गाउ“पालिका ६ स्वाचीमा विद्युत सर्ट भएर १ जनाको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा २२ वर्षीय भुपाल बिक रहेका छन् । विद्युत सर्ट भएर तारा बिक, भगवती बिक, मञ्जु बिक, कुलबहादुर बिक, धनमान वनेम लिम्बूसहित ७ जना घाइते भएको सभापोखरी गाउँपालिकाका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए ।

विद्युत सर्ट हुँदा करेन्ट गाउ“भर फैलिएको थियो । घाइतेहरुको जिल्ला अस्पताल खा“दबारीमा उपचार भइरहेको छ ।

विद्युत सर्ट कसरी भयो र गाउ“भरी फैलियो भन्ने थप जानकारी आउन बाँकी रहेको विद्युत वितरण शाखा कार्यालय खाँदबारीका प्रमुख धु्रव अधिकारीले जानकारी दिए ।