विराटनगरः ११ बजेका लागि बाेलाइएकाे प्रदेश १ को संसद् बैठक स्थगित भएको छ । प्रदेशको नाम र राजधानीमा मतभेद भए पछि नसकेपछि बैठक स्थगित भएको हो ।

प्रदेश १ संसदले आज प्रदेशको नाम र राजधानीको प्रस्ताव लैजान दलहरूलाई समयसीमा दिएको थियो । तर, दलहरुबीच सहमति हुन सकेको छैन । सत्तारुढ दलबीचमै प्रदेशको नाम र राजधानीलाई लिएर फरक–फरक विचार अाइरहेका छन् । विहान बसेकाे सर्वदलिय बैठकले २२ गते सम्मका लागि प्रश्ताव तय गर्न मिति साराैँ भन्ने बारे सहमती जुटेकाे बुझिएकाे छ ।

विहान विग हाेटलमा बसेकाे बैठकले विराटनगरलाइ उपेक्षा गरेर प्रदेशकाे राजधानी तय गर्न नहुने विपक्षीदलका नेताहरूले राय व्यक्त गरेका छन् ।