विराटनगरः प्रदेश नम्बर एकको नाम र राजधानी तय गर्न विराटनगरमा दुुइ दिन देखि बसेको बैठक निस्कर्षमा पुुग्न सकेको छैन । नेकपाका शीर्ष तहका नेताहरु सम्मिलित बैठकले विपक्षी र सत्तापक्षका सांसदहरुको राय लिने क्रम जारी छ ।

दलका शीर्षनेताहरुले सांसदको राय लिएर अन्तिम निर्णय लिन सुुझाव दिने क्रम नरोकिएको हो । जसका लागि आज सर्वदलीय बैठक बसेर विपक्षीको सुुझाव लिइयो भने सत्ता पक्ष सांसदहरुसँग अञ्चल अनुसार छुुट्टाछुुट्टै छलफल भयो । नेकपाका प्रमुख सचेतक बुद्धकुमार राजभणडारीले विपक्षी र सत्तापक्षका सांसदसँगको रायका आधारमा पार्टीले संसदीय दललाई सुुझाव पेश गर्नेछ । त्यसैको आधारमा संसद बैठकमा प्रश्ताव पेश हुनेछ ।

मुुख्यमन्त्री सहभागी भएको सर्वदलीय बैठकमा नेपालीकाँग्रेसले विराटनगरलाई उपेक्षा गर्न नहुने सुुझाव दिएको छ । सेवा सुविधाका हिसाबले विराटनगर प्रदेश राजधानी उपयुक्त हुने भन्दै छरिएर मन्त्रालय राख्न नहुने बताएको प्रदेश सांसद तथा नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिएका छन् । उनका अनुसार आज मुल मुद्धामा प्रदेशको संसद बैठकमा टेवल गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेपनि सहमतीका आधारमा वैशाख २२ गते सारिएको छ ।

नेकपा प्रदेश एक कमिटिका सह इन्चार्ज सावित्रीकुमार काफ्लेले पार्टीले आधिकारिक रुपमा धारणा तय नगरेको हुँदा सबैको धारणा बुुझ्नलाई बैठक आव्हान गरिएको जानकारी दिए । उनले अहिले निस्कर्षमा पुुग्ने काम नभएको भन्दै सबैको भावना बुुझेर पार्टीले उचित निर्णय लिन संसदीय दललाई आग्रह गर्ने जानकारी दिए ।

यस अघि पटक पटक प्रदेशको नाम र राजधानीको विषय टुुँग्याउने मन्त्रीहरुले बताउँदै आए पनि यि मुद्धा पेचिलो बन्दै गएका छन् । नेकपाका बहुुमुत सदस्य सांसदले हिजो विराटनगर बाहिर राजधानी बनाउनुपर्छ भन्नै हस्ताक्षर संकलन नै गरे पछि नेकपाका शीर्ष नेताहरु गम्भिर छलफलमा जुुटेका हुन् । उनिहरु बहुुमत सदस्यको मतको आधारमा भन्दा पनि कम विवाद आउने गरि सबै पक्षसँग छलफल गरेर नाम राजधानी तय गर्ने पक्षमा देखिन्छन् भने बहुुमत सांसदहरु भने दलले ह्वीप जारे गरे इन्कार गर्ने योजनामा छन् ।

नेकपा संसदीय दलको बैठक भोली १ बजेका लागि बोलाइएको हुँदा भोली पहिलो सत्रमा यो विषयले अन्तिम रुप लिने बुुझिएको छ ।