59811654_334519337248218_6082857920993689600_n इटहरी ः स्थापना भएको छोटो समयमा नै सामाजिक सेवा कार्यमा सर्मपित भई आफ्नो नाम स्थापित गराउन सफल लायन्स क्लब अफ इटहरी स्मार्ट सिटि इटहरीको अध्यक्षमा थानेश्वर नेल्शन ढकाल चयन भएका छन् । शिक्षासेविका रुपमा परिचित ढकाल सन २०१९÷२०२० का लागि अध्यक्षमा चयन भएका हुन् ।

 

अध्यक्ष भएपछि बोल्दै ढकालले भने –‘अब नयाँ शिराबाट समाजिक तथा मानव सेवामा लायन्स क्लब अफ इटहरी स्मार्ट सिटिलाई आफ्नो कार्यकालभरी अगाडी बढाउने योजना छ ।’ त्यसका लागि क्लब रहेका सबै लायनहरु, सरोकारवाल अन्य निकायसंग सहकार्य र समन्वय गर्ने ढकालले जनाए ।

बिहिबार होटल प्रिमियरमा अघिल्ला अध्यक्ष राजेन्द्रकेशरी घिमिरेको अध्यक्षतामा बसेको बैंठकले ढकालको नेतृत्वमा नयाँ समिति निर्माण गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा लक्ष्मि बराल, द्धितिय उपाध्यक्षमा मुक्ति दाहाल, तृतिय उपाध्यक्षमा बेदनाथ भेट्वाल( राजन) , सचिवमा गणेश ओली, सहसचिवमा दुर्गा थापा चयन भएका छन् ।

त्यसैगरि कोषाध्यक्षमा अनिता कार्की, सह कोषाध्यक्षमा सुजता पोख्रेल र क्लब एड्मिष्टेटरमा कुशल बिष्ट चयन भएका छन् । बिहिबारको बैंठकले अनिश घिमिरेलाई लियो सल्लाहकारमा चयन गरेको छ ।