विराटनगर: संघीय समाजवादी फोरम नेपालको प्रदेश–१ को अध्यक्षमा प्रविण चाम्लिङ निर्वाचित भएका छन् । गत, आइतबारदेखि सुरु भएको प्रदेश अधिवेशनको अन्तिम मत परिणाम विहीबार घोषणा गरिएको हो । जसअनुसार, अध्यक्षमा चाम्लिङले २ सय ६ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी भूपराज राईले १ सय ९३ मत प्राप्त गरे । प्रदेश–१ मा रहेको कुल ४ सय ६० प्रतिनिधिमध्ये ४ सय ७ मत मात्रै खसेको थियो । अध्यक्ष पदका लागि तीन जना चुनावी मैदानमा थिए । तर अन्त्यमा तदर्थ समितिका अध्यक्ष भूपेन्द्र नेम्वाङले भूपराज राईलाई समर्थन गरेका थिए ।
नेम्वाङ गत असोजमा विराटनगरमै सम्पन्न पहिलो भेलाबाट तदर्थ समितिको अध्यक्ष पदमा निवाचित भएका थिए । त्यतिबेला नेम्बाङले प्रविन चाम्लिङ पराजित गरेका थिए । प्रदेश समितिमा ५१ सदस्य निर्वाचित भएपनि पदाधिकारीको चयन निर्वाचितसदस्यहरुको बैठकले गर्ने बताइएको छ ।