धनकुटाः सुख्खायममा लाग्ने डढेलो तथा आगलागीबाट हुने जोखिम न्यूनीकरणका लागि धनकुटामा सचेतनामूलक प्रदर्शनी गरिएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको आयोजनामा विपत व्यवस्थापन पूर्व अभ्यास प्रदर्शन गरिएको हो । आगलागी हुने कारण, त्यसबाट बच्ने उपाय तथा घाइतेको उद्धार, प्राथमिक उपचार र घाइतेलाई अस्पतालसम्म पु¥याउन अपनाइने तरिकाको बारेमा जानकारी गराइएको थियो । त्यस्तै, विपतमा परेका व्यक्तिलाई तत्काल गर्नुपर्ने मानवीय सेवा र विपतपछिको राहत व्यवस्थापन लगायतको विषयमा प्रदर्शनी गरिएको थियो ।

प्रदर्शनी कार्यक्रममा धनकुटास्थित सबै स्थानीय निकायका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्लास्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, रेडक्रसका तालीमप्राप्त प्राविधिक तथा सञ्चारकर्मीको उपस्थिति थियो ।

bipad byabasthapan  (2) 1