इटहरीः प्रदेश एककाे नाम र राजधानी तय गर्न नेकपाकाे बैठक जारी भइरहेकाे बेला इटहरीका दलका प्रतिनिधिले नेताकाे ध्यानाकर्षण गर्न विराटनगर अाइपुगेका छन् । उनिहरूले दलका प्रमुख नेतालाइ भेटेर इटहरीप्रति जुटेकाे भावना सम्बाेधन गर्नुपर्ने अावाज उठाउने बताएका छन् ।
इटहरीका स्थानीय नेताहरू रेवती घिमिरे, ज्वाला तामाङ, शिवराज दाहाल, र युगप्रिय निराैला विराटनगरकाे विग हाेटल अाइपुगेका हुन् । नेकपा नेता रेवती घिमिरेले संविधानकाे मर्मअनुसार निर्णय लिन नेताहरूलाइ अग्रह गर्न विराटनगर अाएकाे प्रदेश पाेर्टललाइ जानकारी दिए । उनका अनुसार ज्ञापन पत्रमा नेकपा, नेपाली काँग्रेस, संघीय समाजवादी फाेरम,र राप्रपा रहेका छन् ।
यहाँ मंगलवार देखि नेकपाकाे हाइकमाण्डकाे बैठक जारी छ । सर्वदलीय बैठक बसेर सबै दलकाे राय लिने क्रम सकिए पनि नेकपा भित्रकै सांसदहरू बिच मतभेद भएकाे हुँदा उनिहरूलाइ एक मत बनाउने प्रयास जारी छ ।
बुधवार इटहरीका सांसदहरू लिलम बस्नेत र सर्वध्यव साँवाकाे नेतृत्वमा विराटनगरबाहिर राजधानी हुनुपर्छ भन्ने पक्षका सांसदहरूबिच हस्ताक्षण संकलन भएपनि नेकपाले सांसदकाे भावनालाइ कसरी सम्बाेधन गर्ने भन्ने तर्फ लागेकाे छ ।
अाज मुल मुद्दा किनारा लगाउने भनेर विहान देखि हाेटल विगमा बैठक बसे पनि अझै सम्म टुँगाेमा पुर्याउन सकेकाे छैन ।
अहिले हाेटल विगमा प्रदेश एकका सबै मन्त्रीहरू अाएका छन्र भने असहमती दर्ज गर्दै हस्ताक्षर संकलन गर्ने सांसदहरूसँग पार्टी हाइकमाण्डकाे बैठक जारी छ ।