बेलबारीः बेलबारी नगरपालिका वडा नम्बर ९ ले ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ ।
वडामा रहेका ३५ जनाभन्दा बढी ज्येष्ठ नागरिकलाई दोसल्ला, हर्लिक्स, मिठाइ तथा नगदसहित सम्मान गरिएको वडाध्यक्ष नगेन्द्र खड्काले बताए ।
वडाको सहयोगमा जागृति युवा क्लबले डाँगीहाट बजारमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । ज्येष्ठ नागरिकहरूलाई बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले सम्मान गरेकी हुन् । कार्यक्रममा बोल्दै पराजुलीले ज्येष्ठ नागरिकहरूका लागि नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नुका साथै विश्रामस्थल समेत बनाइदिने बताइन् ।