पाँचथर
पँचथरको हिलिहाङमा सञ्चालित गैर सरकारी संस्थाको भेलाले महासङ्घको हिलिहाङ समन्वय तदर्थ समिति गठन गरेको छ ।
टेकराज योङहाङको अध्यक्षतामा गठित ७ सदस्यीय समितिको उपाध्यक्षमा नरेश लिङ्देन, सचिवमा हेमराज सापकोटा र कोषाध्यक्षमा राममाया उभरकोटी रहेका छन् ।
समितिको सदस्यमा भीमराज योङहाङ, हर्कबहादुर पदालुङ र सङ्गीता नेपाल रहेका छन् ।
जोरपोखरीमा आयोजित कार्यक्रम गैर सरकारी संस्था महासङ्घ पाँचथरका अध्यक्ष नन्द नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा हिलिहाङ गाउँपालिकाकी उपाध्यक्ष सुमित्रा सेढाईंले गैरसरकारी संस्था राष्ट्रका लागि आवश्यक रहेको बताइन् । कार्यक्रममा गैसस महासङ्घ प्रदेश उपसचिव बालकृष्ण ओझालगायतको उपस्थिति रहेको थियो ।