उर्लाबारीः पूर्वी मोरङको झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका धिमाल समुदायको संस्कृति संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय बन्ने भएको छ ।

उर्लाबारी–८ अठियाबारीस्थित परिर्वतनशील धिमाल युवा सङ्घले धिमाल सङ्ग्रहालय बनाउने भएको हो । करिब ४५ लाख रुपैयाँको लगानीमा बन्ने धिमाल सङ्ग्रहालय २ तले हुने प्रमुख सल्लाहकार पर्वतमान धिमालले जानकारी दिए । सो सङ्ग्रहालयको शिलान्यास उर्लाबारी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कुलबहादुर कार्कीले गरेका छन् ।

भवन निर्माण उपभोक्ता समितिका संयोजक सुनिल धिमालले १० धुर जग्गा सङ्ग्रहालय निर्माणका लागि दान गरेका छन् । हालको समयमा धिमाल जातिको संस्कार संस्कृतिलगायत विविध पहिचान लोप हुँदै गएकाले त्यसको संरक्षण साथै प्रवद्र्धन गर्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गर्ने जमर्को गरेको संयोजक सुनिल धिमालले बताए ।