विराटनगरः धरानबाट विराटनगर आइपुगेका जनताले संसद भवन अघि प्रदर्शन शुरु गरेका छन । प्रदेश नम्बर १ को नाम र राजधानी तय गर्न गत मङ्गलबारदेखि विराटनगरमा बसेको बैठकले धरानलाई उपेक्षा गर्ने तयारी भएको भन्दै संसद भवन अघि सिठी जुलुसको आयोजना गरिएको हो ।
भीडलाई नियन्त्रणमा लिन प्रहरीको ठूलो टोली तैनाथ छ ।
नेकपा नेता रमेश बस्नेतले यस अघिका आश्वासन प्रदेश सरकारले पूरा नगर्ने छाँट देखिएको हुँदा धरानवासी आन्दोलन गर्न बाध्य हुनुपरेको बताए ।
धरान उपमहानगरकी कार्यवाहक मेयर मन्जु भण्डारीले धरानवासीको शालीनतालाई कमजोर ठानिएको बताइन् ।
अहिले सभामुखसँग डेलिगेसन शुरु भएको छ । धरानवासीले यो सामान्य आन्दोलन भएको र मागलाई बेवास्ता गरिए सशक्त आन्दोलन गर्ने बताए ।
धराने जनतालाइ उपेक्षा नगर्न उनीहरूको माग छ । आफूले सहजकर्ताको भूमिका खेल्ने सभामुख प्रदीप भण्डारीले बताएका छन् ।