तस्बिरः लक्ष्मण थापा
धरानः धरान–१० मा रहेको टेन लेभेन लन्च धरानले प्रत्येक २ महिनामा एउटा सामाजिक कार्य गर्ने भएको छ ।

टेन लेभेनले आइतबार पत्रकार सम्मेलन गरी नियमित सामाजिक कार्य गर्न आफूहरू धरानका सञ्चारकर्मीबाट प्रभावित भएको जनाएको छ । ‘हामीले पहिलो चरणमा धरान–१७ की जमुना बिकको घर निर्माणका लागि सहयोग गर्न बैशाख २९ गते अलमोड एण्ड ब्याण्डको साङ्गीतिक कार्यक्रम राखेका छौँ’ टेन लेभेनका सञ्चालक कुलबहादुर श्रेष्ठले भने ।

व्यवसायबाट नाफामात्र कमाउने होइन, सामाजिक उत्तरदायित्व पनि पूरा गर्नुपर्छ भन्ने उद्देश्य राखेर व्यवसाय सञ्चालन गरिएको सञ्चालक श्रेष्ठले बताए । आफूहरू व्यवसायलाई सेवामुखी पनि बनाउन चाहने गरेको उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा अग्रज पत्रकार जनकऋषि राई, टेन लेभेनका सञ्चालक कुलबहादुर श्रेष्ठ, बिसु तामाङ, सन्तोष भुजेललगायतको उपस्थिति रहेको थियो ।