विराटनगरः विराटनगरबाट राजधानीका संरचना अनेत्र सार्न लागिएकाे भन्दै विराटनगरमा बन्दकाे अाव्हान गरिएकाे छ । हिजाे साँझ महानगरकाे अगुवाइमा बसेकाे सर्वपक्षीय भेलाले साेमवार विराटनगर बन्द गर्ने निर्णय गरेकाे थियाे ।
विहानै देखि सडकमा सवारी साधन चल्न सकेका छैनन् भने शिक्षण संस्था समेत बन्द गराइएकाे छ । प्रदेश सभामा अाइतवार दर्ता भएकाे राजधानी प्रस्तावमा विराटनगरलाइ राजधानी ताेक्दै संरचना इटहरी र गाेठगाउँ अासपास राख्ने भन्ने कुराप्रति अापत्ति प्रकट भएकाे हाे ।
हिजाे मात्र नेकपा र काँग्रेसले विरटनगरलाइ राजधानी बनाउने बारे प्रश्ताव दर्ता गरेका थिए भने धनकुटाका सांसदहरूले धनकुटालाइ नै राजधानी बनाउनु पर्ने प्रश्ताव दर्ता गरेका थिए ।
विराटनगरमा प्राध्यापक डा. भेषप्रसाद धमलाकाे संयाेजक्त्वमा अान्दाेलन गर्ने समिति नै बनाएकाे छ । समितिमा राजनीतिक दलका प्रतिनिधि, बुद्दिजीवि, नागरिक समाजका अगुवा, व्यापारीलगाएतकाे सहमती रहेकाे छ ।