धरानः सेछ ट्राभल्स धरानले मिनि म्युजियम सञ्चालनमा ल्याएसँगै ऐतिहासिक महत्व झल्काउने पुराना सामानहरू सङ्कलन हुन थालेका छन् । सेछ मिनि म्युजियममा हाल सम्ममा १ हजार १ सय भन्दा बढी पुराना सिक्का रहेका छन् । नेपालका विभिन्न शासकहरूका पालामा विनियम प्रचलनका लागि ल्याइएका त्यस्ता सिक्काहरूले शासकको त्यो बेलाको अवस्थालाई दर्शाउँछ । पर्यटन व्यवसायी एलिना मगर र वासुदेव बरालले सञ्चालनमा ल्याएको म्युजियम पर्यटकीय आकर्षण तथा विद्यार्थीका लागि अवलोकनको उत्तम थलो बनेको छ ।
व्यवसायी बरालले सो म्युजियममा बिहीबार २ सय वर्ष पुराना ३ वटा पाथी राखिएको जानकारी दिए । पर्याप्त मुुद्रा र नापतौलका आधुनिक साधन नहुँदा विनिमयको पर्याप्त आधार यिनै माना तथा पाथी हुने गरेको उनले बताए । बरालका अनुसार ती पाथीहरूमा विक्रम संवत १८७३ र १९०४ लेखिएको स्पष्ट छ । अर्थात्, २ सय वर्ष पुराना ती पाथीहरूले इतिहास बोल्छन् । यिनै सामानहरू नयाँ पिढीका लागि अध्ययनको विषय बन्ने गरेका छन् । अहिलेको जस्तो डिजिटल काँटा नभएको युुगमा सामान लेनदेनका लागि यिनै सामग्री उपयोगी बन्ने गरेको बरालले जानकारी दिए । उनले अन्न तथा फलफूल लेनदेन गर्नका लागि पनि पाथी प्रयोग गरिने बताए । ‘पुराना चिजहरू हराउँदै गएपछि त्यसको संरक्षणका लागि भए पनि हामीले यो नौलो प्रयास गरेका हौँ,’ उनले भने ।
यसरी भयो म्युजियमको जन्म
बरालले सहकर्मी एलिना मगर भ्रमणको सिलसिलामा हिमाञ्चल प्रदेश जाँदा निजी सङ्ग्रहालय देखेपछि धरानमा पनि निजी सङ्ग्रहालय राख्ने सोच आएको जानकारी दिए । त्यसपछि वरपर भएका साथीहरूसँगको सहयोगमा घरमा त्यसै थन्क्याइरहेका पुराना सामग्रीको सङ्कलन गर्ने क्रम जारी रहेको हो । पुराना सामग्री म्युिजयममा आएपछि विद्यार्थी तथा पर्यटकका लागि लोभलाग्दा विषय बन्ने गरेका छन् । आफू जन्मिनुुभन्दा अघिका वर्षांै पुराना सामग्री प्रत्यक्ष देख्न पाउँदा जोकोही उत्साहित हुुने गरेका छन् ।
के के छन् सङ्ग्रहालयमा ?
अहिलेसम्म सो म्युजियममा डेढ सय बढी सामग्री सङ्कलन भएका छन् । नेपाली संस्कृति झल्काउने विभिन्न जातजातिका पोशाक, नेपाली खुकुरीदेखि मौलिक बाजा सम्म म्युजियममा अटेका छन् । धामीझाँक्रीले बजाउने ढ्याङग्रो र नेपाली बाजा म्युजियमका थप आकर्षण हुन् ।
धनकुुटामा सुभाङ्गी पाएका एक सुुब्बा परिवारले प्रयोग गरेको वर्षौं पुरानो तरबार र खुुँडा पनि सेछमा सङ्ग्रहित छ । त्यस्तै मसीदानीजस्ता ऐतिहासिक वस्तुु पनि म्युजियममा राखिएको छ । म्युजियममा राखिएका ६ वटा पुराना करुवालाई पृथ्वीनारायण शाहको पालामा बनेको अनुुमान गरिएको छ । करुवाको आकृति र बनावटलाई हेर्दा सोही समयको हो भन्ने आधार रहेको बराल बताउँछन् ।
म्युजियममा सानो हुक्कासमेत रहेको छ । पुराना पुुस्ताले बोकेर सहजै खान सक्ने पोर्टेबल हुुक्का पनि म्युजियममा देख्न पाइन्छ । यसले त्यो बेलाको दैनिकी कस्तो थियो भन्ने दर्शाउन मद्दत गर्छ । त्यस्तै, जनकपुरधाम लेखेको गाईको मुख आकारको कमण्डलुु अर्को आकर्षण हो । भर्खरै १ सय वर्ष पुरानो जापानिज रेकर्डर पनि म्युजियममा राखिएको छ ।
यो इतिहास पढाउने थलो हो
बरालले पर्यटन व्यवसायी भएर पनि सामाजिक उत्तरदायित्व अन्तर्गत इतिहासलाई संरक्षण गर्न खोजिएको दाबी गरे । घरमा पुराना भए भनेर त्यसै थन्क्याएका चीजलाई अरुले देख्ने गरी राखिएको र त्यसले इतिहासको एक पाटोको उजागर गर्ने उनले बताए । ‘घरमा त्यसै कुनामा लुकेर संरक्षणविहीन भएर बसेका सामानहरूलाई हामीले उपयुक्त स्थान दिएका हौँ’, बरालले भने, ‘यसरी पुराना सामग्री संरक्षण गर्दा ती सर्वसाधारणको घरको फोहोर पनि हट्यो हाम्रा लागि उपयोगी सामान संरक्षित पनि बने ।’
उनले ऐतिहासिक महत्व भएका वस्तुुहरू कबाडीलाई दिनुुभन्दा सेछ म्युजियमलाई दिएर सहयोग गर्न आग्रह गरेका छन् । ‘घरमा भए हराउन सक्छ । यसरी इतिहासका कुराहरूको संरक्षण गर्नुु भनेको राज्यलाइ सहयोग पुु¥याउनु पनि हो,’ उनले भने, ‘नयाँ पिढीलाई संस्कृति हस्तान्तरण अनिवार्य आवश्यकता ठानेर नै सेछ मिनि म्युजियमको जन्म भएको हो ।’