विराटनगरः प्रदेश एकका मुख्य मन्त्री शेरधन राइ र प्रदेश प्रमुख गाेविन्दबहादुर तुम्वाहाङबिच भेटवार्ता भएकाे छ । अाज प्रदेश प्रमुखकाे कार्यालयमा मुख्यमन्त्री राइ पुगि समसामयिक राजनीतिक घटना क्रमबारे जानकारी गराएका हुन् ।
पछिल्लाे समयमा प्रदेश एककाे राजधानी बारे चाैतर्फी बहस भइरहँदा विकसित घटनाक्रमबारे जानकारी गराएकाे मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले प्रदेश पाेर्टललाइ जानकारी दिएका छन् ।
उनकाअनुसार संसदीय दलकाे छलफल, सर्वदलीय बैठकमा उठेका विषय र नेकपाकाे उच्च स्तरीय नेताहरूबिच भएका राजनीतिक छलफलका विषयमा प्रदेश प्रमुखलाइ जानकारी गराइएकाे हाे ।