विराटनगरः प्रदेश नम्बर १ को राजधानी विराटनगर हुनुपर्छ भनेर विराटनगरमा चलिरहेको आन्दोलनलाई महानगरपालिकाका कर्मचारीले साथ दिएका छन् ।

कार्यालयमा विज्ञप्ति नै टाँसेर आन्दोलनप्रति ऐक्यबद्धता जनाइएको उल्लेख गरिएको छ । प्रदेश नम्बर १ को राजधानी विराटनगर हुनुपर्छ भनी विराटनगर महानगरपालिका कार्यपालिकाको बैठकले जारी गरेको विज्ञप्तिप्रति महानगरपालिकाका कर्मचारीहरूको समर्थन रहेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा नेपाल कर्मचारी एसोसिएसनका अध्यक्ष हीरालाल यादव र स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष नन्दीकेशर भण्डारीको हस्ताक्षर रहेको छ । त्यस्तै, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष रमेश खतिवडा तथा स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष सञ्जीवकुमार भट्टराई र सचिव रामहरि कोइरालाको हस्ताक्षर रहेको छ ।