विराटनगरः प्रदेश एककाे राजधानी विराटनगर घाेषणा भएकाे छ । विराटनगरकाे पक्षमा सत्तापक्ष नेकपाबाट राजधानीबारे प्रश्ताव पेश गरेका प्रमुख सचेतक बुद्दिकुमार राजभण्डारीकाे प्रश्तावमा ८६ सांसदकाे मत परेकाे थियाे । विपक्षमा एक मत पनि प्राप्त नभए पछि बहुमतले राजधानी प्रश्ताव पारित भएकाे सभामुख प्रदीपकुमार भण्डारीले घाेषणा गरेका हुन् । प्रदेश संसदमा ९३ सांसद रहेका छन् । 

यस अघि काँग्रेसले राजधानी प्रश्ताव पेश गर्न संसदीय दलका दर्ता गरेकाे प्रश्ताव संसदमार्फत फिर्ता गरेकाे जानकारी गराइएकाे थियाे । काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले राजधानी विराटनगर राख्ने र कार्पालिका र व्यवस्थापिका एकै स्थानमा राख्ने बारे नेकपा सहमत भएअनुसार विराटनगर राजधानी हुनेमा एक मत कायम भएकाे जानकारी संसदलाइ गराएका थिए । उनले सत्ता पक्षले दुइ तीहाइकाे दम्भ नदेखाइ प्रदेशकाे विकासमा सँगै हातेमालाे गरेर अघि बढ्ने प्रयास गरेकाे हुँदा नेकपाकाे प्रश्तावमा काँग्रेसले समर्थन कायम गरेकाे जानकारी दिए ।