विराटनगरः राजधानीको टुंगो लगाएपनी सत्तापक्षकै धेरै सांसदहरूले संरचना कहाँ राख्ने बिषयमा स्पष्ट हुन सकेका छैनन् । आफ्नै पार्टिले ल्याएको राजधानीको प्रस्तावमा मतदान गर्नेबेला सम्म पनि नेकपाका अधिकाश सांसदहरू हिचकिच्याएका थिए ।

राजधानी बिराटनगर भनेर प्रस्ताव पास भएपनि कार्यपालिका र व्यवस्थापिकाका निकायहरु इटहरी धरान र गाेठगाउँ आसपासका क्षेत्रमा राख्न सकिने प्रावधान समेत प्रदेशसभाले गरेको छ ।

राजधानीको प्रस्ताव पारित भएपनी अब कार्यालय स्थापना गर्ने देखि मन्त्रालय राख्ने सम्मको अधिकार कार्यपालिकासंग गएपछि सांसदहरु अन्यौल भएका हुन।