विराटनगरः प्रदेशकाे राजधानी घाेषणा भए पनि संरचना भने विराटनगरबाहिर छर्ने सरकारकाे तयारी विरूद्द महानगरकाे नेतृत्वमा अाइतवार साँझ एक अान्दाेलनरत समिति नै बन्याे । डा. भेषप्रसाद धमलाकाे नेतृत्वमा बनेकाे उक्त समितिले अाइतवार विराटनगरकाे जनजीवन अस्तव्यस्त बनायाे ।
विप्लव नेतृत्व दलकाे अान्दाेलनमासमेत गुड्न दिइने माेटरसाइललाइ विराटनगरकाे साेमवारकाे बन्दमा गुड्न अवराेध पुर्याइयाे । दिनभरजसाे काेसी राजमागर्काकाे टंकी देखि बरगाछी सम्मकाे मुख्य ६ लेन सडकखण्ड तात्याे । सडकमा टायर बालियाे । मुखयमन्त्री कार्यालयकाे स्काेर्पियाे गाडीमा अान्दाेलनकारीले क्षती पुर्याए । धेरै ठाउँमा धक्कामुक्की पनि भयाे ।
दिनभर विराटनगर राजधानी बनाउनुपर्ने समुहले दबाबपुर्ण अान्दाेलन गरेपछि बनेकाे अस्तव्यस्त जनजीवनलाइ साम्य पार्न मुख्यमन्त्री शेरधन राइले अान्दाेलनरत पक्षलाइ बाेलाए । त्यसकाे केहि समयमा अान्दाेलन फिर्ता पनि भयाे । महानगरका मेयर भिम पराजुलीले विराटनगरकाे जनताकाे माग सम्बाेधन भएकाे भन्दै अान्दाेलनरत पक्षले सबै कार्यक्रम फिर्ता गरेकाे समेत जानकारी सार्वजनिक रूपमै दिए । त्यसपछि विराटनगरमा बलेकाे अागाे निभ्याे ।
त्याे बेला सम्ममा यता संसदमा राजधानी प्रश्तावबारे छलफल भइरहेकाे थियाे । छलफलमा राजधानी विराटनगर बनाउने बारे बहुमतले प्रश्ताव पारित भयाे । ८६ सांसदले विराटनगर राजधानी बनाउने बारे मत दर्ता गराए । विपक्षीमा भने एक मत पनि परेन ।
याे खबर अाउने वित्तिकै अाफ्नाे माग सुन्वाइ भएकाे भन्दै अान्दाेलनरत पक्षका नेतृत्वकर्ता डा. भेषप्रसाद धमला सहित महानगर मेयर भिमपराजुली र अन्य व्यापारी, राजनितिज्ञसहितकाे एक टाेलिले विराटनगर महानगरपालिकाकाे कार्यालयकाे गेट अगाडी हर्षबढाइ गर्दै दीप प्रज्वलन गरे ।