लेटाङः लेटाङ – १ र केराबारी–९ का स्थानीयले पत्रकार कौशल निरौलालाई सम्मान गरेका छन् । स्थानीय जन सरोकारका समाचार सप्रेषण गरी सहयोग गरेको भन्दै उनलाई सम्मान गरिएको बताइएको छ ।
नगद १० हजार १ सय १ रुपैयाँ र कदरपत्रले निरौला सम्मानित भएका हुन् । केही समय अगाडि पत्रकार निरौलाले सम्प्रेषण गरेको समाचारका कारण खानेपानीको समस्या हल भएको साथै त्यस क्षेत्रका बासिन्दाले विभिन्न दातृ संस्थाबाट सहयोग पाएको भन्दै स्थानीयवासीको तर्फबाट सम्मान गरिएको समाजसेवी ललित तामाङले जानकारी दिए ।