बेलबारीः बेलबारी नगरपालिका वडा नम्बर ३ मा रहेको याक्थुम चुम्लुङको धार्मिक बनमा एक महिलाको शव फेला परेको छ ।

याक्थुम चुम्लुङको धार्मिक भवनमा बनाइएको विश्रामस्थलमा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार मृतक महिला केही दिनदेखि बेलबारीका विभिन्न स्थलमा माग्दै हिँड्ने गरेकी थिइन् ।

मानसिक सन्तुलन गुमाएकी उनको सुतेको अवस्थामै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । उनको शव पोष्टमार्टम गर्नका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।