धनकुटाः प्रदेश नम्बर १ को राजधानी विराटनगर तोकिएको विरोधमा धनकुटामा विरोध शुरु भएको छ ।
धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाऔँ अभियान समितिको संयोजनमा विरोध शुरु भएको हो । स्थानीयले आज धनकुटास्थित जिरो प्वाइन्टमा १ घण्टा चक्काजाम गरेका थिए । त्यस्तै, विरोधस्वरूप आज बेलुकी ७ बजेदेखि ८ बजेसम्म ‘ब्ल्याक आउट’ गर्ने समेत जनाइएको छ ।
धनकुटाको आवाजलाई बेवास्ता गरिएकाले आन्दोलन गर्नु परेको समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए । धनकुटा प्रदेश नम्बर १ को मध्य भागमा रहेको तथा भौतिक संरचना र भौगोलिक अवस्था सबै रूपले उपयुक्त हँुदाहुँदै पनि धनकुटाको विकल्प खोजिएकाले धनकुटेली रुष्ट भएका हुन् ।