उर्लाबारीः मङ्गलबारे सब वन डिभिजन कार्यालय उर्लाबारी–३ मङ्गलबारेले हरियो वन बनाउने अभियानअन्तर्गत बिरुवा उत्पादन गरिरहेको छ ।

वन कार्यालयको नर्सरीमा ९० हजार बिरुवा हुर्किइरहेका छन् । प्रत्येक वर्षको असारमा त्यहाँ उत्पादित बिरुवाहरू उपभोक्ताहरूलाई निःशुल्क वितरण गर्ने गरिएको छ । गत वर्ष १ लाख बिरुवा उपभोक्ताहरूलाई बाँडिएको कार्यालयका प्रमुख तारणीप्रसाद चौधरीले बताए ।

करम, हर्रो, बर्राे, रिट्ठा, अमला, कपुरलगायत विभिन्न प्रजातिका बिरुवाहरू नर्सरीमा हुर्किइरहेका छन् । निःशुल्क बिरुवा वितरण गर्दा किसानहरू बढी आकर्षित भएको उनको भनाइ छ । नर्सरी बनाएर वैज्ञानिक ढङ्गले हुर्काएका बिरुवाहरूमा रोग नलाग्ने र छिटो बढ्ने उनले बताए ।