विराटनगरः विराटनगरस्थित कोशी अञ्चल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर विमल अग्रवालको ‘ब्रेनडेथ’ भएपछि मेडिकल विधाकै व्यक्तिहरूले प्रश्न उठाएका छन् । आफैँ सवारी चलाएर नोबेल अस्पताल पुुगेका चिकित्सक अग्रवालको एन्जियोग्राफीपश्चात भएको स्वास्थ्यको प्रतिकूलतालाई लिएर चिकित्सक र आफन्तहरूले गम्भीर प्रश्न उठाएका हुन् ।
गत सोमबार देब्रे छातीमा सामान्य समस्या देखिएपछि अग्रवाल नोबेल पुुगेका थिए । चिकित्सकको सल्लाहबमोजिम सामान्य उपचार गराएर फर्किएका उनी पुनः भोलिपल्ट श्रीमतीका साथ अस्पताल पुुगेका थिए । उनको एन्जियोग्राफी गरेपश्चात स्वास्थ्यमा देखिएको असामान्य अवस्थालाई गम्भीर रूपमा नलिइदिँदा उनको जीवन मृत्युशैयामा पुुगेको भन्दै आफन्त रुष्ट बनेका छन् ।
विमलका बाबु श्रावरमल अग्रवालका अनुसार बिहान १० बजे घरबाट निस्केर अस्पताल पुुगेका विमलले चिकित्सकको रायअनुसार एन्जियोग्राफी गराएका थिए । त्यसपश्चात ज्वरो आउन शुरु भएपछि उनलाई दुुखाइ कम गर्ने औषधी र निद्राको औषधी दिइएको थियो । विमलका बुबा औषधी व्यवसायी हुन् । औषधीको डोजले पूर्ण बेहोस भए पनि एन्जियोग्राफी गर्दा दिइएको औषधीले दिमागमा असर गरेको उनको ठहर छ ।
‘विमल बेहोश थियो । चिकित्सकलाई उनको नाजुक हालतको बारेमा जानकारी गराएँ,’ हतास हुँदै उनले भने, ‘उहाँले त यस्तो बेला ३–४ घण्टापछि मात्र पनि होश आउन सक्छ भन्नुुभयो । मङ्गलबारदेखि विमल उठेन । उसको मस्तिष्क डेथ भइसकेको र फर्काउन नसकिने चिकित्सकले बताए ।’
त्यो दिन विराटनगरस्थित न्युरो अस्पतालका चिकित्सकको टोलीसमेत पुुगेर उनको अवस्था हेरेको थियो । तर, त्यतिबेला निकै ढिला भइसकेको थियो । उनको अवस्थाको साक्षी रहेका उनका सहकर्मी एवम् विराटनगर राउण्ड टेबल एघारका संस्थापक अध्यक्ष विकास बेगवानीले चिकित्सकले चरम लापर्वाही गरेको आरोप लगाए । ‘सामान्य स्वास्थ्य अवस्था भनेर हेलचेक्रेयाइँ गर्दा आज होनाहार बालरोग विशेषज्ञले जीवनको अन्तिम सास फेर्दैछ, फिर्ता हुने सम्भावना छैन । भगवानको भरोसा मात्र छ ।’ विमललाई अहिले आइसीयुमा राखिएको छ । मेडिकल विधाको सम्भावना रित्तो भएपछि उनको जीवन फर्किने ईश्वरीय शक्तिको कामना गरिँदैछ ।
मङ्गलबार राती विराटनगरस्थित न्युरो अस्पतालका विशेषज्ञहरूको टोलीसहित भारतको मेदान्त अस्पतालका विशेषज्ञको टोलीले समेत उनको अवस्था हेरेको थियो । समयमै उनको अप्रेसन भएको भए जीवन जोखिममा नपर्ने चिकित्सकले प्रतिक्रिया दिएको विमलका साला कुलदीप अग्रवालले जानकारी दिए । एन्जियोग्राफी गरेपछि पुनः समयमा फर्केर नहेर्दा यस्तो अवस्था आएको भन्दै गम्भीर लापर्वाहीले आफ्ना भिनाजुुको ज्यान जाने अवस्थामा पुुगेको गुुनासो गरे । ‘म दाबीका साथ भन्छुु । यो पूर्ण अपराध हो’, उनले भने ‘कसैको स्वास्थ्यमा यतिसम्म खेलबाड हुन्छ, हामी सोच्नै सकिरहेका छैनौँ ।’
अस्पतालजस्तो विश्वास बोक्ने स्थानमा भएको हेलचेक्र्याइँले पुनः अर्को कुनै व्यक्तिले जीवन त्याग्नुपर्ने स्थिति नआओस् भन्नका लागि न्यायिक छानबिन हुनुपर्ने उनको भनाइ छ । विमलकी श्रीमती पनि चिकित्सक छिन् । ४१ वर्षीय डाक्टर अग्रवालकी एक छोरी छिन् ।उनका अर्का साथी एवम् चिकित्सक डाक्टर दिनेश ठाकुरले मेडिकल विधामा यो भन्दा अरु हेलचेक्र्याइँ केही हुनै नसक्ने बताए । ‘अस्पतालको विशेषज्ञ सेवाप्रति विश्वासका साथ उपचार गराउन पुुगेको विमलप्रति आज यो अन्याय भयो । अरु सामान्य नागरिकको हालत कस्तो होला ?’ उनले प्रश्न गरे ।
विमलका ससुरा देवकी अग्रवालले यो अपराध भएको आरोप लगाए । ‘गाडी ड्राइभ गरेर अस्पताल आई एन्जियोग्राफी गराएको व्यक्ति मृत्युको मुखमा पुु¥याउनुु सरासर अन्याय हो,’ उनले गुुनासो गरे । अग्रवालले गम्भीर त्रुटि भएको प्रष्टै भएको हुँदा यसबारे न्यायिक छानबिनका लागि आवाज उठाएका छन् ।
विराटनगरकाे काेसी अस्पतालमा विगत ६ वर्षदेखि कार्यरत उनी यस क्षेत्रका अब्बल दर्ताका चिकित्सक हुन् । उनकाे स्वास्थ्य अवस्थाबारे खबर बाहिर अाएपनि उनकाे उपचारमा संलग्न मुटुराेग विशेषज्ञ डाक्टर राजेश नेपालले याे दुर्लभ केस भएकाे प्रतिक्रिया दिएका छन् । किताबमा समेत १० हजार केसमा ३-४ अाेटामा यस्ताे समस्या अाउने भन्दै हरप्रयास गर्दा पनि डाक्टर विमलकाे स्वास्थ्यलाइ सामान्य अवस्थामा ल्याउन नसकिएकाे प्रतिक्रिया दिए । ‘विमल हामी सबैको मिल्ने साथी हो, उसको स्वास्थ्यबारे म आफँै पनि गम्भीर छु’, उनले भने ‘बाहिर आएको हल्लाजस्तो हाम्रो हेलचेक्र्याइँले यस्तो परिणाम आएको भने होइन ।’
विमलको उपचारमा नेपालसहित न्युरो सर्जन डाक्टर डिल्ली काफ्ले र न्युरो फिजिसियन डाक्टर प्रकाश काफ्लेको टोली संलग्न रहेको विमलका ससुरा देवकी अग्रवालले जानकारी दिए ।