इटहरीः बैशाख २४ गतेदेखि शुरु भएको नेपाली काङ्ग्रेसको जागरण अभियानप्रति काङ्ग्रेस नेताहरू उत्साहित देखिएका छन् । नेपाली काङ्ग्रेसले विगतमा गरेका गल्ती सच्याउने सुवर्ण अवसर पाएको भन्दै उनीहरूले पार्टी सुधार्ने मौकाको रूपमा लिएको बताए ।

प्रदेश १ संसदीय दलका नेता तथा सुनसरी सभापति राजीव कोइरालाले काङ्ग्रेसको लागि यो सुुवर्ण अवसर भएको जानकारी दिए । विगतमा भएका तिनै तहको निर्वाचनमा काङ्ग्रेसले बेहोरेको पराजयको विषयमा समीक्षा गर्ने मौका मिलेको उनको भनाइ छ ।

‘हामीले आफ्नै गल्तीका कारण धेरै स्थानमा हार बेहोर्नुप¥योे । अब त्यो गल्ती नदोहो¥याउन कार्यकर्ताको भावनाअनुसार अगाडि बढ्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘अहिले काङ्ग्रेस सत्तामा छैन त्यसैले देशमा झन् बढी अस्थिरता छाएको छ ।’
अहिले भइरहेको हिंसा, बलात्कार, अपराध र भ्रष्टाचारको विषयमा जनतालाई जानकारी दिन पनि अभियान प्रभावकारी बनेको उनले बताए । काङ्ग्रेस सरकारमा नहुँदा कसरी स्वेच्छाचारिता मौलाउँछ भन्ने देखाउन पनि अभियान उपलब्धिमूलक हुने कोइरालाले बताए ।

१ महिनासम्म चल्ने भनिएको पहिलो चरणको अभियान जेठ ११ गतेसम्म मात्र चल्ने भएको छ । तर पनि यो अभियानले काङ्ग्रेसका कार्यकर्ताबीचमा एकता जगाई आगामी निर्वाचनप्रति जागरुक बनाउने तर्क गर्छिन् काङ्ग्रेस नेतृ लक्ष्मी खतिवडा । सुनसरी १ की महासमिति सदस्य समेत रहेकी उनी यस्तो अवसरमा काङ्ग्रेसका सम्पूर्ण नेता कार्यकर्ता एक ठाउँमा आएर अभियानमा होमिनुपर्ने बताउँछिन् ।

‘नेतृत्वप्रति कार्यकर्ताको अपेक्षा र सरकारप्रति जनताको धारणा बुझ्ने अवसरको रूपमा अभियानलाई लिनुपर्छ,’ उनले भनिन्, ‘शृङ्ख

60076475_2221009577965720_485999515459911680_o लाबद्ध भएका बलात्कारका घटनामा सरकारको समर्थन र भ्रष्टाचारमा सरकारको योगदानलाई जनतामाझ पु¥याउन सक्नुपर्छ । जसले काङ्ग्रेसप्रति जनभावना दह्रो बनाउँछ ।’
अहिलेको दुई तिहाई बहुमतको सरकारले जनतामा निराशा मात्र बढाएकाले यो सरकारको विरुद्धमा काम गर्ने मौका भएको बताउँछन् रामधुनी काङ्ग्रेसका नगर सभापति सुदीप अधिकारी । उनकै भनाइलाई समर्थन गर्दै सुनसरी क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव रमेश पोखरेल अभियानलाई नेपाली काङ्ग्रेसले रचनात्मक उपलब्धीको रूपमा लिनुपर्ने तर्क गर्छन् । सरकारको भण्डाफोरका बाबजुद काङ्ग्रेसको आवश्यकता पनि मुखरित गर्न सक्नुपर्ने उनको बुझाइ छ ।

अभियानमा काङ्ग्रेसले सरकारको खुलेर विरोध गरिरहेको छ । सरकारले भ्रष्टाचारलाई प्रश्रय दिइरहेकाले अब नेपाली काङ्गे्रस मात्र जनताको पक्षपती पार्टी रहेको काङ्गे्रसको टिप्पणी छ ।
सरकारले कानुनी राज्यको खिल्ली उडाउँदै गृहमन्त्रीको निर्देशनमा मधेसमा नागरिकता वितरण गरेर देशलाई अस्थिर बनाउन खोजेको आरोप काङ्ग्रेसले लगाउँदै आएको छ ।

 

माथिका तस्बिरहरू काङ्ग्रेस नेतृ लक्ष्मि खतिवडाकाे वालबाट साभार गरिएकाे हाे ।