विराटनगरः वडाबाट सम्पादन गर्ने सेवालाई थप प्रभावकारी बनाउन विराटनगर महानगरपालिकाले शुक्रबार एक दिवसीय कानुनी तथा प्रशासकीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

विराटनगर महानगरपालिकाका १९ वडाका वडाध्यक्ष तथा वडा सचिवलाई सहभागी गराएर नयाँ संरचना अनुसार कसरी सेवा प्रदान गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । सहभागीहरूलाई मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडा तथा अधिवक्ता डिल्ली कार्कीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले महानगरपालिका अन्तर्गत वडास्तरवाट प्रदान गरिने न्याय सेवामा स्थानीयको सहज पहँुच पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइन् । उनले महानगरपालिकाको न्यायिक समितिप्रति जनविश्वास बढ्दै गएको बताइन् । प्रशिक्षणले जनप्रतिनिधिहरूलाई समेत सेवाप्रवाह गर्न सहज हुने र यसका लागि तालीम आवश्यक रहेको सहभागीले बताए ।

वडा स्तरबाट सम्पादन हुने कानुनी विषयमा प्रशिक्षण दिइएको बताइएको छ । उपमेयर इन्दिरा कार्कीको संयोजकत्वमा वडाध्यक्ष विनोद बस्नेत र तिर्थेन्द्र न्यौपाने रहेको ३ सदस्यीय न्यायिक समितिले विराटनगर महानगरमा कार्यसम्पादन गर्दै आएको छ ।