इटहरीः यात्रुको चाप र माग बढ्दै गएको भन्दै आगामी जेठ १५ गतेबाट नेपाल जन्मभुमि यातायातप्रा.लि. द्धारा दैनिक पोखरा बस सञ्चालनमा आउने भएको छ । यस अघि कुनै पनि यातायातले सो सेवा दिन सकेका थिएनन् ।
यात्रुलाई आवतजावतमा सहज होस् भन्ने उद्देश्यले कम्पनीले दुई ओटा एसि जडित बस र दश ओटा हायस सञ्चालनमा ल्याउन लागेको कम्पनीका अध्यक्ष अमृत लामाले जानकारी दिए ।
कम्पनीले धरान– पोखरा, काकट्टभिट्टा—पोखरा, बिराटनगर—पोखरा दैनिक दिवा तथा रात्रीकालिन सेवा दिने छ । उक्त बस सेवाको टिकटदर भने नेपाल सरकारले तोके बमोजिम हुने अध्यक्ष लामाले जानकारी दिए