विराटनगर । ललितकला संगम, प्रदेश १ को अध्यक्षमा अध्यक्षमा गोपाल कलाप्रेमीलाई चयन भएका छन् ।
संगमको शनिबार विराटनगरमा सम्पन्न साधारण सभाले सर्वसम्मतिमा कलाप्रेमीको अध्यक्षतामा नयाँकार्य समिति चयन गरेको हो । २०३७ सालमा उहाँकै अध्यक्षयतामा स्थापित संस्थामा करिव एक दशकपछि फेरि उनलाई नै नेतृत्व दिइएको संस्थाका सचिव वीरेन्द्रंंकुमार राजवंशीले बताए ।

देश संघीयतामा आएर प्रदेश सरकारको गठन भई प्रदेश सरकारसमेत क्रियाशील भैसकेको अवस्थामा बदलिएको सामाजिक सांस्कतिक परिवेशसंग सामन्जस्यता गर्न संगम सक्रिय हुने अध्यक्ष कलाप्रेमीले बताए । नयाँ कार्यसमितिको उपाध्यक्षमा निवास पोखरेल , सचिवमा वीरेन्द्रकुमार राजवंशी , उपसचिवमा बिजु थपलिया, कोषाध्यक्षमा उषा अर्याल, एवं सदस्यहरुमा, भरत डंगोल, श्रीमती तृप्ती सुधांशु, कृती श्रेष्ठ उपाध्याय, नर श्रेष्ठ , माधवी कर्ण र ओमप्रकाश साह रहेका छन् ।