तस्बिरः लक्ष्मण थापा

धरान: ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठन (बिगेसो) ले शनिबार धरानमा ‘वैचारिक सांस्कृतिक कार्यक्रम’को आयोजना गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी (क्रान्तिकारी) का नेता मोहन वैद्य ‘किरण’ले गोर्खाहरूमाथि पश्चिमेलीहरूले गरेको विभेद सुगौली सन्धिको प्रभाव भएको बताएका छन् ।

सरकारले गोर्खाहरूको न्यायका लागि केही गर्न नसकेको उनले बताए । गोर्खाहरू एक्लै लडेर भए पनि ब्रिटिस सरकारलाई चुनौती दिइरहेको उनको भनाइ थियो । कार्यक्रममा आदिवासी जनजाति महासङ्घका अध्यक्ष डा ओम गुरुङ, बिगेसोका सल्लाहकार फडिन्द्र कार्की, सल्लाहकार नगेन्द्र राई, बिगेसोका पूर्व जिल्ला अध्यक्ष तथा समाजवादी पार्टी नेपालका नेता गजेन्द्र इस्वो लगायतले बोलेका थिए । कार्यक्रमको अध्यक्षता बिगेसोका अध्यक्ष पदमसुन्दर लिम्बूले गरेका थिए ।

पूर्व गोर्खा सैनिकहरूलाई सेवानिवृत्तिपछि विभेद र असमानपूर्ण व्यवहार गरेको भन्दै दबाब सिर्जना गर्नको लागि बिगेसोले वैचारिक बहस कार्यक्रम शुरु गरेको जनाएको छ ।