बेलबारीः मोरङको बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहको अध्यक्षमा दिनेश गिरी विजयी भएका छन् ।

शनिबार भएको निर्वाचनमा १ सय ३९ मत खसेकोमा प्रतिष्पर्धी लक्ष्मीकुमार चौधरीलाई ५६ मतले पराजित गर्दै गिरी विजयी भएका हुन् । गिरीले ९७ र चौधरीले ४१ मत मात्रै प्राप्त गरेका थिए । १ मत भने बदर भएको थियो । यसअघि गिरी कार्यवाहक संयोजक रहेका थिए ।