झापाः ह्वाइट हाउस इन्टरनेशनल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट काँकरभिट्टा शाखाले १८ महिने होटल म्यानेजमेन्ट तालीम सञ्चालन गर्ने भएको छ ।
पत्रकार सम्मेलन आयोजना गरेर इन्स्टिच्युटले तालीम सञ्चालनको बारेमा जानकारी गराएको हो । बेरोजगारी अन्त्यका लागि होटल म्यानेजमेन्ट तालिम युवा वर्गको लागि फलदायी हुने इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार प्रधानले बताए ।
१८ महिने कोर्ष केही खर्चिलो भए पनि स्तरीय सीप प्रदान हुने उनले बताए । ६ महिने तालीमपछि चीनमा इन्टर्नसीपको अवसर पाउने उनले बताए ।
तालीममा एसईई पास गरेकाहरू सहभागी हुन पाउने र १८ महिनमा ४ लाख खर्च लागे पनि १ वर्षमा सो खर्च उठ्ने गरी रोजगारी पाइने पनि उनले बताए ।
सो अवसरमा संविधानसभा सदस्य एवम् होटल ग्रीन प्यालेसकी सञ्चालक उषा गुरुङले होटल व्यवसायमा दक्ष जनशक्तिको अभाव बढ्दै गएकाले यस किसिमको तालीमले दक्ष जनशक्ति उत्पादन हुने बताइन् ।