झापाः झापाको मेचीनगरमा च्याउ उत्पादनसम्बन्धी १ दिने निःशुल्क तालीम सम्पन्न भएको छ । समाजवादी पार्टी नेपाल मेचीनगर—७ ले आयोजना गरेको तालीममा मेचीनगरका १ सय जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवम् १ नम्बर प्रदेश इञ्चार्ज धनप्रसाद गुरुङको उपस्थितिमा सम्पन्न तालीममा काजी ग्रीन फाउण्डेसनका अर्पण लिम्बूले सहजीकरण गरेका थिए ।
प्रमुख अतिथि गुरुङले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक पार्न सबैभन्दा पहिले सरकारले बेरोजगार समस्याको समाधान गरेर आयमूलक कामको अवसर सिर्जना गर्न आवश्यक रहेको बताए । पार्टीका ७ नम्बर सभापति रामशंकर राईको सभापतित्वमा भएको तालीममा पार्टीका प्रदेश सदस्यहरू केवलराम राई उमेश थापालगायतले आआफ्नो विचार राखेका थिए ।