विराटनगरः सुनसरीको देवानगञ्ज–२ का विनोद मेहताका १४ वर्षीय छोरा अजय मेहताको नहरमा डुबेर मृत्यु भएको छ ।
आइतबार हरिनगर गाउँपालिका वडा नम्बर ३ गौतमपुरमा अवस्थित नहरमा पौने २ बजेतिर पौडी खेल्न गएका बेला डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मामाघर गएको बेलामा त्यहींको नहरमा पौडी खेल्न जाँदा डुबेको बुबा विनोदले बताए । उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवा पठाइएको प्रहरीले जनाएको छ ।