इटहरीः प्रदेश नम्बर १ सरकारले प्रदेश नम्बर २ लाई १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । आज २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाइ भेटेर प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १ करोड रुपैयाँको चेक प्रदान गरेका हुन् ।

चैत १९ गते बारा, पर्सालगायतका स्थानमा आएको हावाहुरीले पु¥याएको नोक्सानीमा सहयोग गर्ने भनी यसअघि नै मुख्यमन्त्री राईले प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार सहयोग रकम प्रदान गर्न राई जनकपुर गएका थिए । भीषण हावाहुरीका कारण २८ जनाको ज्यान गएको थियो भने एक हजारभन्दा बढी घाइते भएका थिए ।

सहयोगबापतको चेक बुझ्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विपतको बेला सहयोग पु¥याएकोमा प्रदेश १ सरकारलाई धन्यवाद दिएका थिए । चेक हस्तान्तरण गर्दै प्रदेश १ का मुख्यमन्त्री राईले विपतमा आआफ्नो स्थानबाट एकअर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिए ।