बेलबारीः नेपाल कपडा तथा सिलाई व्यवसायी महासङ्घले प्रदेश नम्बर १ मा प्रथम प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।
मोरङको बेलबारी १ मा रहेको मदनमोहन पुष्परत्न सांस्कृतिक भवनमा सोमबार प्रथम प्रदेश भेला तथा प्रशिक्षणसहितको अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेश नं १ का विभिन्न जिल्लाबाट उपस्थित भएका भण्डै २ सय कपडा सिलाई व्यवसायीलाई महासङ्घका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रामकृष्ण श्रेष्ठले व्यवसायसम्बन्धी प्रशिक्षण दिएका थिए ।