इनरुवाः सुनसरीको सदरमुकाम इनरुवामा मैथिली भाषाका गायक प्रकाश अनुरागको गीत विमोचन भएको छ । उनका २ वटा गीत एकसाथ विमोचन भएका हुन् ।

इजोरिया फिल्मस् तथा छिन्नमस्ता फिल्मस्को प्रस्तुति रहेको मैथिली गीत विमोचन कार्यक्रममा ‘इ जान जुवानी चाईर दिन’ र ‘अहाँसन सुन्दर कियो नै’ दुई वटा गीत एकसाथ विमोचन भएको हो ।

गीतकार तथा सङ्गीतकार राजेशकुमार र निर्देशक राजु राजदेव चौधरी रहेको गीतमा कलाकार प्रकाश अनुराग, विजयकुमार र पूजा दाहाल रहेको बताइएको छ ।