इटहरीः प्रेस स्वतन्त्रतामा संकुचन ल्याउने गरी सरकारले कानुन बनाउन लागेको भन्दै देशभरका पत्रकारहरू अान्दाेलित बनेका छन् । नेपाल पत्रकार महासङ्घले देशभर अान्दाेलनका कार्यक्रम घोषणा गरेपछि पत्रकार महासङ्घ सुनसरीले पनि इटहरी उपमहानगरपालिका अगाडी कालो पट्टि बाँधेर सरकारको उक्त कदमको साङ्केतिक विरोध गरेको छ ।

नेपाल पत्रकार महासङ्घ प्रदेश १ समितिका अध्यक्ष विक्रम लुइटेललाइ सुनसरीका अध्यक्ष अमर खड्काले हातमा कालो पट्टि बाँधेर कार्यक्रमको सुरुवात गरेका थिए । पत्रकारहरूले निर्भयका साथ काम गर्न पाउनु पर्ने बताए । प्रदेश अध्यक्ष लुइँटेलले महासङ्घ साताव्यापी अान्दाेलनमा हाेमिएकाे जानकारी दिए । उनले प्रशासनको ध्यानाकर्षण, धर्ना कार्यक्रम देखि आफ्ना सञ्चार सामाग्री प्रदर्शन गर्ने सम्मका कार्य्रकम तय भएको जनकारी दिए ।

सुनसरी महासङ्घले पनि इटहरी, इनरुवा र धरानमा विभिन्न कार्यक्रमको अायाेजना गरेको अध्यक्ष अमर खड्काले जानकारी दिए ।

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकका केही प्रावधानले संविधानमा प्रदत्त भएको सुचनाकाे हकलाई सङ्कुचित गर्ने भन्दै सम्पुर्णपत्रकारहरू अान्दाेलित बनेका हुन् ।