धनकुटाः नेपाली कांग्रेसका केन्द्रीय सदश्य तथा पुर्ब अर्थ मन्त्री रामसरण महतले बर्तमान सरकारको कुरा बाहेक कुनैपनि काम राम्रो नभएको बताएका छन ।
प्रेस युनियन धनकुटा शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले कुरा राम्रो गरेपनि काम राम्रो गर्न नसकेको जीकीर गरे । 'सरकार काम भन्दा पनि प्रचारबाजीमा बढि लागेको छ' उनले भने ।  अहिलेको निति तथा कार्यक्रममा आत्माप्रसंशा र आत्माप्रचारनै बढि रहेको उनकाे टिप्पणी थियाे । 

आधा घण्टामा सक्ने निति तथा कार्यक्रममा, सरकारले प्रस्तुत गर्न आफ्नै प्रसंशा गरेर दुइ घण्टा लगाएको समेत बताए । ”ठुला ठुला हावादारी कुरा गर्नु अर्काले गरेको काम आफुले गरेको भन्ने अहिलेको निति तथा कार्यक्रम कोहि राष्टपतिको नाम कोहि प्रधानमन्त्रीको नाममा, कोहि मदन भण्डारीको नाममा कार्यक्रम राखिएको छ यो सरासर प्रचार हो ”  उनले भने। सरकारले आफ्नो पालामा सुरु गरेको काम हरु समेत नाम परिबर्तन गरी आफैले सुरु गरेको भन्दै प्रचार गर्ने गरेको समेत आरोप लगाए ।

आफ्नो पालामा पहाडै पहाड जोड्ने गरी मध्य पहाडि राजमार्ग नामाकरण गरी आफ्नो कार्यकालमा सुरु गरिएकोमा अहिले सरकारले पुष्पलाल राजमार्ग नामाकरण गरेर आँफैले सुरु गरेको प्रचार गरिरहेको  बताए  ।
नेता महतले सरकार अधिनायकबाद तर्फ उन्मुख रहेको समेत बताए । सरकारले मिडिया काउन्सील मार्फत ल्याउन लागेको बिधेयक मार्फत प्रेस जगत नियन्त्रण गर्न खोजेको भन्दै पत्रकारहरुको अहिलेको आन्दोलनमा नेपाली कांग्रेसको साथ रहेको जानकारी दिए ।