इटहरीः गर्मी बढेपछि इटहरीस्थित ओसियन पार्कमा पौडी खेल्न आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ ।

जाडोको समयमा सुनसान देखिने सो पार्कमा अहिले दिनहुँ ५ सयदेखि ६ सयको हाराहारीमा पर्यटक आउने गरेको पार्कका प्रबन्ध निर्देशक डम्बर तामाङले बताए ।

सार्वजनिक बिदाको दिन र शनिबार धेरै पर्यटक आउने तामाङ बताउँछन् । गर्मीको समयमा चिसो पानीमा पौडी खेल्ने भन्दै बालकदेखि वृद्धसम्म आउने गरेको र सबैका लागि सुविधायुक्त व्यवस्था गरिएको उनले बताए ।

विशेष गरेर सुनसरी, मोरङ, झापा, लगायतका तराईका जिल्ला एवम् भारतको जोगबनीका साथै अन्य थुप्रै स्थानबाट पर्यटक आएर स्वीमिङको मज्जा लिने गरेको उनको भनाइ छ ।

Ocean_park_itahari

Ocean_park_itahari.jpg p