भोजपुरःभोजपुर सदरमुकाम नजिकैको पोखरे लाइनमा आज दिउँसो आगलागी भएको छ । स्थानीय बखत श्रेष्ठको घरबाट आगो लागेको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय लागेका छन् । बाटो साँघुरो भएकाले आगलागीस्थलमा भोजपुर नगरपालिकाको दमकल पुग्न गाह्रो भएको थियो । खानेपानीको लाइनबाट पानीले आगो निभाउने प्रयास भए पनि पानी पानीको अपर्याप्तताले असहज भएको छ ।