नेपाली काङ्ग्रेसले भोजपुरमा १ महिने जागरण अभियान शुरु गरेको छ । जिल्लाका ९ वटै स्थानीय तहका ८१ वटा वडामा अभियान टोली परिचालन गरिएको छ । अभियानको नेतृत्वकर्तामध्येका एक नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईसँग पार्टीको जागरण अभियानको बारेमा श्यामकृष्ण दाहालले गरेको कुराकानीको अंशः

नेपाली काङ्ग्रेसको जनजागरण अभियानको मुख्य एजेण्डा बुँदागत रूपमा बताइदिनुहोस् न ।

जागरण अभियानको मुख्य एजेण्डा त आन्तरिक सङ्गठन विस्तार हो । गएको निर्वाचनमा तीन वटै तहको निर्वाचनमा काङ्ग्रेसले पराजय भोग्यो । त्यसपछि हामी ठोस अभियान लिएर जनतामाझमा गाउँ पसेका थिएनौँ । अहिले राष्ट्रिय अभियान थालनी गरिएको हो ।

अहिलेको सरकारबाट जनताले विकास, राहतको जुन खालको अपेक्षा राखेका थिए त्यो हुन सकेन । महङ्गी, भ्रष्टाचार, बलात्कार व्याप्त छ दण्डहीनता बढेको छ । सरकार अधिनायकवादतिर लम्कन थालेको छ । त्यसैले जनतालाई सचेत बनाउन सरकारको गलत रवैयाको खबरदारी गर्न यो अभियान थालेका हौं ।

भोजपुर जिल्लाको अभियानमा कति नेता कार्यकर्ता परिचालित हुँदैछन् ?
९ वटै स्थानीय तहमा ९ जना संयोजक तोकिएको छ । सँगसँगै महाधिवेशन प्रतिनिधिहरू, भातृ र शुभेच्छुक संस्थाका पदाधिकारीहरू पनि परिचालन भएका छन् । यसमा माथिल्लो एक लेयरका एक सय बढी साथीहरू लाग्नुहुन्छ । साथै तलसम्म पुग्दा हाम्रा सक्रिय र जिम्मेवार कार्यकर्ता नै ९ सयभन्दा बढी परिचालित हुनेछन् ।

बर्खा शुरु भयो । जनता खेतीपाती र आफ्नै दुःखजिलोमा व्यस्त छन् ? तपाईँहरूको अभियानमा जनता किन आउनुप¥यो ?
अहिले सञ्चारका साधनको पहुँचले गाउँगाउँका जनता सबै देशविदेशमा के हुँदैछ भन्ने कुराको जानकार छन् । राजनीतिले नै समाजको निर्माण गर्ने र समृद्धि हासिल गर्ने भएकाले देशको शासन प्रणाली र राजनीतिक वातावरणको विषयमा बुझ्नु उनीहरूको अधिकार हो ।

राज्य एकलौटी ढङ्गले लाग्यो भने, राजनीतिक वातावरण धमिलो भयो भने भोलि दुःख पाउने जनताले नै हो नि । बेलैमा खबरदारी गरिएन भने सरकारले बाटो बिराउँछ । त्यसैले हाम्रो अभियानमा आउनका लागि जनतालाई खेतीपातीले छेक्दैन ।

नेताबीचको एकअर्काको हिलो छ्यापाछ्यापले नेपाली काङ्ग्रेसले खरो प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको हो ?
पार्टीको आन्तरिक अभ्यासमा प्रतिष्पर्धीहरू स्वाभाविक रूपमा हुन्छन् । राजनीतिकले मान्छे पदीय हैसियतले आफ्नो भूमिका खोज्नु कुनै नराम्रो होइन । गुट उपगुटलाई आन्तरिक रूपमै हल गर्नुपर्छ ।

यहाँ प्रचारबाजी धेरै भएको छ । हिजो अधिवेशनमा जो नेतृत्वमा उठ्यो त्यसको प्रतिष्पर्धीलाई गुट उपगुटको रूपमा हेरिएको छ, त्यो बिलकुल होइन । अहिले तरुण दलले गुटलाई साँघु¥याऊँ भनेर अभियान नै शुरु गरेको छ ।

पार्टीको आन्तरिक बैठकमा आन्तरिक कुरामा छलफल गरौं तर बाहिर तपाईँहरूले दोधारे कुरा गरिदिनु भएन भनेर हामीले नेतृत्वलाई सचेत बनाइरहेका छौं । यो जागरण अभियानको अर्को पाटो भनेको माथिदेखि तलसम्मको नेता कार्यकर्ताबीच केही बेमेल रहेछन् भने त्यसलाई पनि हल गर्ने हो । हामी एक ढिक्का छौँ अहिले एक ढिक्कै भएर वडादेखि केन्द्रसम्म अभियान चलाएका हौँ । कसैले पनि कुनै भ्रममा पर्नुपर्ने कारण नै छैन ।

सरकारले जनताको पक्षमा ल्याएका योगदानमा आधारित सामाजिक सुरक्षा, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पनि विरोध गर्नुभयो राम्रा कामको समर्थन गरे हुन्न र ?

नेपाली काङ्ग्रेस मुलुकको समृद्धिको विरोधमा छैन । यो सरकार त हाम्रो सरकार पनि हो नि । कार्यक्रमको विरोध होइन, त्यसभित्रको बेथितिको विरोध हो हाम्रो । यहाँ भएका भ्रष्टाचार, कार्यकर्ता भर्ती केन्द्रका कार्यक्रमहरूको चाहिँ विरोध हो ।

सरकारले ल्याएका कार्यक्रमलाई प्रतिपक्षले खबरदारी गर्दा कार्यक्रम झन् राम्रो हुन्छ भन्ने सरकार र त्यसमा बसेका मान्छेहरूले पनि बुझ्नुपर्छ । भोलि सबै बिग्रिइसकेपछि सम्हाल्न गा¥हो हुने भएकाले बेलैदेखि सचेत गराइएको मात्र हो ।

त्यसैले हामीले सरकारलाई तेरो र मेरो नभनी सबैको पक्षमा राम्रो काम गर भनेका हौँ । रचनात्मक सुझाव दिएका छौँ ।

अभियानको बारे थप केही भन्न बाँकी छ कि ?
नेपाली काङ्ग्रेसले आफ्नो पराजयपछि किन पराजय भोग्यो भनेर विश्लेषण गरेको छ । शान्ति प्रक्रिया, संविधान निर्माणलगायत ठूलाठूला राजनीतिक उपलब्धी र परिवर्तनमा नेपाली काङ्ग्रेसले नेतृत्व गर्दै गर्दा पनि हामी केमा चुक्याँै त भन्ने मनन गर्न जरुरी छ ।

यसो गर्दागर्दै जनताबाट काङ्ग्रेस किन हा¥यो त भनेर हामीले अब सुधारका बाटाहरू केलाउन जरुरी छ । हामीप्रति जनताको विश्वास अब देखाउनु आवश्यक छ । हिजो कम्युनिष्ट राम्रो भनेर जनताले भोट हालेका होइनन् । कम्युनिष्टले भोटका लागि आफ्नो सिद्धान्त छाडेर झुटो प्रचार ग¥यो ।

हामीले अहिले जागरण अभियानमा यो कुरा पनि लिएर जाँदैछौँ । संसारमा १÷२ मुलुकबाहेक अहिले कम्युनिष्ट सरकार छैन । नेपालमा झुट र सपनाको खेती गरेर सत्ता हडप्न खोजिएको छ निरङ्कुशता ल्याउन खोजिएको छ यसमा आम नेपाली भने सचेत हुन जरुरी छ ।