दुहबीः सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ ले १ सय १ जना ज्येष्ठ नागरिक तथा एकल महिलालाई तीर्थयात्रामा लाने भएको छ ।
देवघाट र सास्वतधाम भ्रमणका लागि उनीहरूलाई बिदाइ गरिएको छ । ‘वृद्धवृद्धालाई माया र सम्मान गराँै’ भन्ने नारासहित बिदाइ गरिएको बताइएको छ । ज्येष्ठ नागरिक तथा एकल महिलालाई दुहवी वडा नम्वर ३ का वडाध्यक्ष माधव भण्डारी र वडा सदस्यले आज बिहान रामनामी दिएर बिदाइ गरेका थिए ।
वडा कार्यालयले वडामा रहेका ७० वर्षमाथिका नागरिक र हरेक उमेर समूहका एकल महिलालाई दुहबी– ३ स्थित पेट्रोल पम्प अगाडि सम्मान गरेको थियो । वडाध्यक्ष माधव भण्डारीले वर्षैपिच्छे दुहबी वडा नं ३ का ज्येष्ठ नागरिक र एकल महिलाहरूलाई सम्मान गरेर उनीहरूको जीवनमा ऊर्जा थप्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।