विराटनगरः आन्दोलनमा रहेका पत्रकारहरुले आफ्नो संचार सामाग्रीसहित प्रदर्शन गरेका छन् । विराटनगरमा सक्रिय पत्रकारिता गर्ने पत्रकारहरुले संविधानमा ग्यारेन्टी गरिएको अधिकार निमोठ्न खोजिएको भन्दै सरकारले ल्याउने तयारी गरेको संचार काउन्सिल विधेयकको विरोध जनाएका हुन् ।
विराटनगरको बी प्लटमा विभिन्न संचार गृहमा कार्यरत संचारकर्मीले संचार सामाग्री, क्यामेरा, बुुम, पेन, डायरी प्रशर्दन गरेका थिए । नेपाल पत्रकार महासँघ प्रदेश एकका महासचिव विवेश गौतमले स्वतन्त्र प्रेसको गला निमोठ्ने काम भएको बताए ।
मोरङ महासँघका अध्यक्ष बन्धुु पोख्रेलले ऐनमा भएका प्राविधान नहटाएर महासँघले आन्दोलनका थप कार्यक्रम घोषण गरेर जाने जानकारी दिए ।
बीप्लटमा भएको विरोध प्रदर्शन करिबआधा घण्टा सम्म चलेको थियो ।