इटहरीः प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व र एकताको भावना बढाउन चाडपर्वहरुले उर्जा प्रदान गर्ने बताएका छन् । बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौली पर्व – २०७६ को अवसरमा आज एक शूभकामना सन्देश जारी गर्दै उनले यस प्रकारका मौलिक साँस्कृतिक चाड पर्वहरुले सामाजिक एवम् पारिवारिक जमघट गराउने र समुदायकाबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेको उल्लेख गरे ।
मुख्यमन्त्री राईले यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन्। उनले यस पर्वले नेपालका सवै जातजाती एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न सवैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।