उर्लाबारीः २५६३ औं बुद्ध जयन्तीको अवसरमा मोरङको उर्लाबारी–५ झुम्रामा शनिबार उर्लाबारी मगर सङ्घको नेतृत्वमा बुद्ध जयन्ती मनाइएको छ ।
मगर सङ्घसहित नेपाल बौद्ध गुम्बा, चैतन्य गुम्बा विहार र नेपाल तमू सङ्घको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो रहेका थिए । कार्यक्रममा मेयर फागो, अन्तर्राष्ट्रिय तामाङ परिषद्का पूर्व केन्द्रीय अध्यक्ष महेन्द्रजंग तामाङलगायतले बुद्ध जयन्तीका बारेमा चर्चा गरे ।
मगर सङ्घ उर्लाबारीका अध्यक्ष टेकबहादुर मगरको सभापतित्वमा भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको थियो ।