विराटनगरः आइतबार जिल्ला प्रशासन कार्यालय मोरङको गेटमा मोरङका पत्रकार जम्मा भएर आधा घण्टा रोएका छन् ।
सरकारले ल्याउन लागेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधस्वरूप उनीहरू जिल्ला प्रशासन अघि जम्मा भएर आधा घण्टा रोएका थिए । विधेयकको विरोधमा नेपाल पत्रकार महासङ्घको आह्वानमा देश्व्यापी आन्दोलन भइरहेको छ । सोही आन्दोलनका क्रममा प्रेस युनियन मोरङले विरोधको नयाँ कार्यक्रम तय गरेको बताइएको छ ।