बेलबारीः चौलागाईं प्रतिष्ठान प्रदेश नं १ ले एक कार्यक्रमका बीच पहिलो साधारणसभा तथा गोठपूजा सम्पन्न गरेको छ ।
बेलबारी–११ लक्ष्मीमार्गमा रहेको चौलागाईं प्रतिष्ठानमा सम्पन्न साधारणसभा तथा गोठपूजाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि चौलागाई प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. रमेश चौलागाईले गरेका थिए । उनले प्रतिष्ठानको विधानलाई पनि समयसापेक्ष बनाउँदै लगिएको पनि बताए ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष शोभा चौलागाई, उत्तम चौलागाई लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा प्रदेश नं १ का १४ वटै जिल्लाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
अग्निप्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिव दुर्गाप्रसाद चौलागाईंले गरेका थिए । साधारणसभाले उत्तम चौलागाईंको नेतृत्वमा १७ सदस्यीय प्रदेश समितिको समेत चयन गरेको छ ।