पथरीः मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ मा नेकपाको वडा समन्वय कमिटी गठन भएको छ ।
शनिबार सम्पन्न संयुक्त भेलाले वडा समन्वय कमिटी गठन गरेपछि लामो समयदेखिको विवाद पनि समाधान भएको हो ।
भागिरथ माविको हातामा सम्पन्न भेलाबाट गंगा साँवा संयोजक र प्रेम न्यौपाने सचिव रहेको ३३ सदस्यीय कमिटी चयन भएको हो । भेलालाई नेकपाका प्रदेश सदस्य एवं प्रदेश सांसद कुलप्रसाद साम्बा, संविधानसभा सदस्य चण्डीप्रसाद राई, नेकपा प्रदेश सदस्य हेम कार्की, प्रस्तावित जिल्ला सदस्य टंक भण्डारीलगायतले सम्बोधन गरेका थिए ।